सुर्याेदय वाेमी लघुवित्तले साउन ४ गतेदेखि एफपीअाे बिक्री गर्ने

0
30

शेयर व्यापारी

असार २७, काठमाडाैँ। सूर्याेदय वाेमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीअाे ) निष्कासन गर्ने भएकाे छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरकाे एफपीअाे निष्कासन गर्न लागेकाे हाे । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीअाे जारी गर्न लागेकाे हाे ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी एेन २०७३ बमाेजिम सर्वसाधारण काे पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीअाे जारी गर्न लागेकाे हाे । यसमा साउन ८ गतेसम्म अावेदन दिन सकिनेछ । साे अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म अावेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म अावेदन दिन सकिनेछ । सी अास्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेराे सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेकाे छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीअाेलाइ वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेकाे जनाउने केयर एनपी बीबी रेटिङ प्रदान गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here