शेयर व्यापारी
असार २९, काठमाडाैँ। नेपाल चेम्बर अफ कमर्सले अागामी अार्थिक वर्षकाे माैद्रिक नीतिमासमावेश गर्नुपर्ने विषय समेटिएकाे ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेकाे छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अार्थिक र वित्तीय क्षेत्रलाइ चलायमान बनाउन सहयाेग हुने गभर्नर अधिकारीलाइ सुझाव बुझाएकाे बताए । चेम्बर अफ कमर्सले गभर्नर अधिकारीकाे उपस्थितिमा निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिलाइ बाेलाएर माैद्रिक नीतिमा समेटिनु विषयबारे बृहत् अन्तरक्रिया समेत गरेकाे छ ।
बजेट र माैद्रिक नीतिकाे प्रभावकारी समन्वयमार्फत अार्थिक र वित्तीय क्षेत्रलाइ चलायमान बनाउनुपर्ने भएकाले गभर्नरसमक्ष विभिन्न नीतिगत सुझावहरु पेस गरिएकाे अध्यक्ष अग्रवालले जानकारी गराए । माैद्रिक नीतिकाे अागामी कार्यदिशा पूर्ण रुपले विस्तारित , खुकुलाेर लचिलाे हुनुपर्नेमा चेम्बरले जाेड दिएकाे छ । चेम्बरले अगामी अार्थिक वर्षकाे माैद्रिक नीतिमार्फत निजी क्षेत्रकाे मनाेबल उच्च राख्न विगतका दायित्व भुक्तानीका लागि उद्याेग व्यवसायकाे प्रकृति एवं अवस्था हेरेर अार्थिक पुनःउत्थानलाइ पहिलाे प्राथमिकतामा राख्न सुझाव दिएकाे छ ।
साथै, उच्च अार्थिक वृद्धिका लागि स्थायी रुपमा नै एकल अंककाे ब्याजदर कायम हुने नीति लिनुपर्ने , बैंक दर, नीतिगत दरहरु क्रमशःघटाउँदै लैजानुपर्ने भन्दै चेम्बरले मुद्दती खाता र बचत खातामा फरक सीमामा विगतझैँ खुला राख्नुपर्ने सुझाव दिएकाे छ । अार्थिक मन्दीबाट उन्मुक्ति नपाउन्जेलसम्ममा उद्यमी व्यवसायीहरुलाइ चालु पुँजीकाे उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवम् चालु पुँजी कर्जा निर्देशिकालाइ स्थगित गर्नुपर्नेलगायत विविध विषयमा चेम्बरले सुझाव दिएकाे हाे ।
चेम्बरककाे सुझावपछि गभर्नर अधिकारीले वित्तीय क्षेत्रलाइ चलायमान बनाउने गरी नै अागामी अार्थिक वर्षकाे माैद्रिक नीति तय हुने प्रतिबद्धता जनाएका छन् । वित्तीय क्षेत्रमा भ्रम सृजना उत्पन्न हुने गरेकाे गभर्नर अधिकारीकाे भनाइ छ ।
रासस