शेयर व्यापारी
साउन १२,काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु अार्थिक वर्षकाे काैद्रिक निति सार्वजनिक गरेकाे छ । नीति समग्रमा राम्राे अाएकाे छ । बैंक तथा वित्तीय संस्थामा शेयर धिताेकर्जामा लगाएकाे संस्भागत लगानीकर्ता तर्फकाे सीमा हटाइएकाे छ ।
माैद्रिक नीति मार्फत चालिएकाे उक्त कदमले शेयर बजार दिगाे बनाउने देखिएकाे छ । नेपाल राष्ट्र बैंकले यसअघि २०७८ काे माैद्रिक नीतिमा ब्याजदर वृद्धि ४।१२ क्याप लगाएकै कारण बजारमा ठूलाे गिरावट अायाे । यसबाट धेरै लगानीकर्ता पलायन भए । ब्यापार व्यावसायमा मन्दी छायाे ।
पछिल्लाे समय बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन सकेकाे छैन । बैंकमा अधिक तरलताका कारण राष्ट्र बैंकले बजारबाट पैसा झिकी रहेकाे छ । अार्थिक मनदीकाे कारण लगानीयाेग्य पैसा बैंकमा थुप्रिदा सरकारकाे अार्थिक वृद्धि हासिल गर्न मुस्किल पर्ने देखिएकाे थियाे । तर यस माैद्रिक नीतिले लगानीलाइ प्राेत्साहन गरेकाे हुदाँ अहिले बजारमा बुक भ्यालु भन्दा तल रहेकाे बलिया र वित्तीय अवस्था मजबुत रहेका कम्पनीमा संस्थागत लगानीकर्ताकाे राेजाइमा पर्ने अनुमान गर्न सकिन्छ । जसले बजार दिगाे रूपमा गतिशील भइ देशकाे अर्थतन्त्रलाइ टेवा पुग्नेछ ।
यसपटककाे माैद्रिक नीतिले सुस्ताएकाे अर्थतन्त्रलाइ उठाउने नीति लिएकाे छ । जसले सबै क्षेत्रका व्यवसायीहरू उतसाहित भएका छन् । राष्ट्र बैंकहरूकाे खराब कर्जा नाेक्सानी घट्नेछ बैंककरूकाे नाफामा वृद्धिहुने अनुमान गरिएकाे छ । अहिले वाणिज्य बैंकहरुकाे बजार मुल्य १० वर्ष अगाडिकाे मुल्यमा अाएकाे छ । जुन बेला वाणिज्य बैंकहरूकाे निक्षेप १४ खर्बबाट बढेर ५७ खर्ब पुगेका छ । त्यसैगरी , नेपाल राष्ट्र बैंकले बैंकदर घटाइएकाे छ । अझै ब्याजदर घट्ने संकेत गर्छ । यसले संस्थागत तथा ठुला लगानीकर्ताहरुकाे मनाेबल बढी बजारलाइ नयाँ उचाइमा पुर्याउने छ । जसबाट सरकारकाे राजश्व वृद्धि देखिन्छ ।
विगतमा राष्ट्र बैंकले शेयर बजारलाय कसिलाे माैद्रिक नीति मार्फत जसरी कसेकाे थियाे । अहिले उक्त नीतिलाइ विस्तारै फुकाउदै गएकाे छ । जसले शेयर बजाराका लगानीकर्तामा अाशाकाे किरण देखा पर्न थालेकाे छ । जहाँ १८०० काे नेप्से इन्डेक्सन २५०० माथि अाइसकेकाे छ । नेपालकाे शेयर। बजारमा बुल र बियर केन्द्रिय बैंककाे नीतिमा भर पर्दछ । जबजब राष्ट्र बैंक पुँजी बजार प्रति कठाेर नीति अपनाउछ । शेयर बजार घट्दाे चक्र सुरु भएकाे देखिन्छ । माैद्रिक नीति लगानी गर्न अनुकुल हुने अाएमा शेयर बजारले नयाँ हाइ चुमेकाे इतिहास छ ।
अहिले बजारमा ६२ लाख लगानीकर्ताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारमा काराेबार गरिरहेका छन् । जहाँ २ ३ अर्बकाे काराेबार अहिले दैनिक १५ १६ अर्ब सम्म काराेबार भइरहेकाे छ । बजारमा नयाँ पैसा भित्रीरहेकाे छ। अबकाे दिनमा हामीले नेप्सेमा नयाँ उचाइ छिटै देख्न पाउनेमा विश्वास गर्न सकिन्छ ।